|  

नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिजको दोस्रो खेल भोलि खेल्दै

०३ कात्तिक, काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिजको दोस्रो खेल भने आइबार खेल्दै छ ।

नेपाली समय अनुसार बिहान ५ः४५ बजेदेखि शुरु हुने यो खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने छ । सिरिजको पहिलो खेलमा नेपालले १७ रनको जित हासिल गरेर अमेरिका टुरको सकारात्मक शुरुवात गरेको छ । नेपालले सिरिजको तेस्रो खेल सोमबार खेल्ने तालिका छ ।