|  

उच्चस्तरीय चिनियाँ टोली नेपालमा

०३ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यहरूको टोली आज नेपाल आएको छ ।

भोलि काठमाडौंमा हुने चीन-नेपाल सम्बन्ध, ट्रान्स हिमालय कोपरेशसन सम्बन्धी कार्यक्रममा सहभागी हुने उच्चस्तरीय चिनियाँ टोली नेपाल आएको हो । उक्त कार्यक्रममा बीआरआईको कार्यान्वयन र बीआरआईसंग सम्बद्ध परियोजनाबारे उनीहरूले धारणा राख्ने बताइएको छ । चिनियाँ टोलीले बिभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गर्ने बुझिएको छ ।