|  

झापामा सवारी दुर्घटनाः १ जनाको घटनास्थलमै मृत्यु

०३ कात्तिक, काठमाडौं । झापामा आज भएको सवारी दुर्घटनाका एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

झापाको कमल गाउँपालिका ५ स्थित रबि पेट्रोलपम्प अगाडि पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्र- १-०१-००१ ख ३४३५ नम्बरको बसले विपरित दिशाबाट आँउदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका ७ का पदम मुकारुङ राई रहेको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित स्थानीयले बसमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

घटनापछि मृतकको शव सडकमै राखेर स्थानीयले विरोध जनाएका थिए जसका कारण पूर्व पश्चिम राजमार्ग केहीबेर अवरुद्ध भएको थियो ।