|  

पाथीभरा मन्दिरमा आज एकै दिन झण्डै ६ हजार तीर्थालुले गरे दर्शन

०३ कात्तिक, काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा आज एकै दिन झण्डै ६ हजार तीर्थालुले दर्शन गरेका छन् ।

आज ५ हजार ९ सय ८३ जनाले मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए । यो संख्या असोज महिनाकै सबैभन्दा धेरै हो । असोज महिना भरमा ५ हजार ९ सय ४९ दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । असोज दोस्रो साता परेको अबिरल वर्षापछि मेची राजमार्ग तथा तमोर करिडोर अवरुद्ध बनेको थियो । सो कारण नवरात्रको समयमा पनि पाथीभरा सुनसान जस्तो थियो । दुवै सडक मार्ग सुचारु भएसँगै पाथीभरा मन्दिर दर्शन गर्ने तिर्थालुलको संख्यामा दिनहुँ वृद्धि हुँदै गएको हो ।