|  

रवि पक्राउको विरोधमा वीरगञ्जमा पनि रास्वपाको प्रदर्शन

३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा वीरगञ्जमा पनि प्रदर्शन भएको छ। शनिबार रास्वपाका नेता/कार्यकर्ताहरूले वीरगञ्जमा प्रदर्शन गरेका हुन्।

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार बेलुकी पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर राति नै पोखरा पुर्‍याएको थियो।

लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। वीरगञ्जमा भेला भई रास्वपाका नेता/कार्यकर्ताहरूले त्यहाँबाट नाराबाजी गर्दै जुलुस निकालेर नगर परिक्रममा गरेका हुन्।

जुलुसमा सहभागीहरूले सरकारको विरोध र लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए।