|  

जापान जाने नेपालीको संख्यामा वृद्धि, कति छन् जापानमा नेपाली ?

०३ कात्तिक, काठमाडौं । जापानमा सन २०२४ मा नेपालीको संख्या २ लाख ६ हजार पुगेको छ ।

जापानको न्याय मन्त्रालयले सन २०२४ को जुनमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको संख्या पछिल्लो एक वर्षमा ३० हजार बढेको छ । नेपालीको संख्या पछिल्लो ४ वर्षमा दोब्बर बढेको हो । सन २०२१ मा ९७ हजार १०९ जना नेपाली रहेकामा सन २०२२ मा १ लाख ३९ हजार ३९३ जना पुगेका थिए । सन २०२३ मा १ लाख ७६ हजार ३३६ रहेको नेपालीको जनसंख्या २०२४ मा २ लाख ६ हजार ८९८ पुगेको हो ।