|  

एमालेले बोलायो सचिवालय बैठक

३ कात्तिक, काठमाडौं ।  नेकपा (एमाले)ले सचिवालयको बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा समसामयिक छलफल हुने बुझिएको छ ।

बैठक आइतबार साँझ ५ बजे बस्ने तय भएको एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन् । बैठकमा यस विषयमा छलफल हुन सक्ने नेताहरू बताउँछन् ।