|  

पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन 

४ कात्तिक, काठमाडौं ।  पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार बिहान निधन भएको छ ।

डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका मिश्रको उपचारकै क्रममा निधन भएको परिवारिक स्रोतले जनाएको छ । ७३ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् ।

मिश्रको शव अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिने छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।