|  

आजदेखि लाइसेन्स बोक्न नपर्ने !  

४ कात्तिक, काठमाडौं । सरकारले डिजिटल लाइसेन्सलाई मान्यता दिएको छ । बाग्मती प्रदेश सरकारले आजदेखि डिजिटल लाइसेन्स जाँच गर्ने भएको हो ।

यससँगै अब सेवाग्राहीले नागरिक एपमा उपलब्ध रहेको सवारीचालक अनुमतिपत्र -लाइसेन्स ट्राफिक प्रहरीलाई देखाउन सक्ने भएका हुन् । ट्राफिक प्रहरीलाई उक्त लाइसेन्स जाँच गरी कारबाही गर्न सरकारले छुट्टै स्मार्टफोन उपलब्ध गराएको छ ।नागरिक एपमा रहेको लाइसेन्ससँगै एउटा क्यूआर देखिने भएको छ ।

ट्राफिक भोयलेसन रजिस्ट्रेसन  सिस्टम (टीभीआरस)मात्रै चल्ने फोन ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको छ ।  उक्त फोनबाट ट्राफिकले नागरिक एपको क्यूआर देखाउने व्यक्तिको क्यूआर स्क्यान गर्ने छ र लाइसेन्स चेक गर्नेछ ।

यसरी कारबाही गर्नुपरेको अवस्थामा त्यहीँ स्थानमा ट्राफिक प्रहरीले अनलाइनबाट ट्राफिक नियम उल्लंघनको विवरण टिपी जरिबाना समेत अनलाइनबाट भुक्तान गर्न लगाउन सक्नेछ । अहिले वाग्मती प्रदेशले सुरु गरेको यो प्रणाली इन्टरनेट नभएको अवस्थामा समेत काम गर्छ ।