|  

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने 

४ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।

राति १० बजेदेखि भोलिपल्ट बिहान ८ बजेसम्म टीआईए पूर्णरूपमा बन्द हुनेछ ।  मुविमानस्थल १० घण्टा बन्द हुने भएपछि यसले नेपाली उडान पर्यटनमा असर पुग्ने भन्दै कतिपयले यसको समय फेरबदलको पनि माग गरिहरेका छन् ।  

८ घण्टामा पनि काम गर्न सकिने अवस्था रहेको र यसले उडान पनि प्रभावित नहुने र भन्दै समयतालिका फेरबदल गर्न माग गरेका छन् ।मन्त्रालय भने विमानस्थलको काम जसरी सक्नुपर्ने र विकल्पमा भैरहवा र पोखरा विमानस्थल देखाउँछ ।

नागरिक उड्डयन प्राधिकरणकाअनुसार कात्तिक २३ गतेबाट काम सुरू भएर चैत १८ गते (२०२४ नोभेम्बर ८ देखि २०२५ मार्च ३१)सक्ने योजना छ ।