|  

सुनचाँदीकै मूल्यमा नयाँ किर्तिमान, सुन प्रतितोला १ लाख ६५ हजार

४ कात्तिक, काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६०० रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यो हालसम्मकै उच्च हो । यता चाँदी पनि तोलामा ९५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य यो हालसम्मकै उच्च हो ।