|  

फिरौती रकम माग्दा दिन नमानेपछि कुटपिट

०४ कात्तिक, काठमाडौं । एक कबाड व्यवसायीले मागेजती फिरौती रकम नदिएपछि अर्को कबाड व्यवसायीलाई कुटपिट गरेका छन् ।

ललितपुरको बालकुमार खरीबोटमा दिलिप जयसवालको योजनामा कुटपिट भएको छ । शनिबार जयसवालले बालकुमारीमा छलफल गर्ने भनेर बोलाएको र फिरौती रकम माग्दा दिन नमानेपछि कुटपिट गरेको पीडितले जनाएका छन । जयसवास त्यहाँ कबाड व्यवासाय गर्दै आएका एक भारतीय नागरिक हुन । कुटपिटबाट घाईते नेपाली नागरिक रहेका छन् । जयसवालको योजनामा उनका व्यापारिक साथी समेत रहेका अभिसेकमान बस्नेत र आशिस बस्नेत, राजु ढुङगेल सहितले मिलेर कुटपिट गरेको पीडितले जनाएका छन् । पीडितले आफूलाई गरिएको कुटपिटको सिसिटीभि क्यामेरामा कैद गरिएको भिडियो समेत दिदै प्रहरीमा कारवाहीको माग गर्दै उजुरी समेत दिएका छन् ।

बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले पुरानो टंकीको कबाडको समानको ठेक्का निकालेको थियो । सो ठेक्का महाविरले सबैभन्दा बढी रकममा सकार गरेका थिए । सोही अनुसार उनले ६ लाख १० हजार रकममा ठेक्का पाएका थिए । महाविरलाई सो ठेक्का परेपछि जयसवालले १० लाख फिरौत माग गरे । महाविरले आफूले पैसा दिन नसक्ने र आफ्नो व्यापारिक साथी समेत नमान्ने भएकाले यस ’दयगतमा छलफल गर्ने बताए । त्यही बेला जयसवालले महाविरकै फोनबाट रबिशंकरलाई फोन गरेर बोलाएको महाविरले बताए । महाविर आएपछि उनीहरुले १० लाख रुपैया दिनुपर्ने माग गरे । केही गुण्डा बोलाएर सुरुमा धम्क्याएको र दिन नमानेपछि कुटपिट गरेको पीडितले जनाएका छन् । कुटपिटबाट घाईतेको लगनखेल स्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।