|  

चलचित्र ‘ज्वाइँ साब’ले  १० दिनमा कमायो ३ करोड २५ लाख  

४ कात्तिक, काठमाडौं ।  चलचित्र ‘ज्वाइँ साब’ले ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ ।

दश दिनमा यो चलचित्रले ३ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।  सुरुमा उत्साहजनक शो पाएको सिनेमाले दर्शक नपाएपछि शो घटेको थियो । तर वर्डअफ माउथ राम्रो हुँदा पुनः शो थपिँदै गएको हो ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्तलगायत कलाकारको अभिनय छ ।