|  

सामसङ ग्यालेक्सी एस२४ एफई सार्वजनिक

०४ कात्तिक, काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्य ग्यालेक्सी एस २४ एफईको सार्वजनिक गरेको छ ।

यसमा एआईबाट परिष्कृत फोटोग्राफी, अत्याधुनिक विशेषताहरू तथा थप ग्यालेक्सी एआई सुविधा जस्ता ग्यालेक्सी एस २४ सिरिजको फ्ल्यागशिप नवचारहरूको अनुभव पाउन सकिनेछ । एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस २४ एफईले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकतालाई प्रदर्शन गर्ने क्षमता दिन्छ । ६.७ इन्चको डायनामिक एमोलेड २एक्स डिस्प्ले, लामो समयसम्म चल्ने ४७०० एमएएच ब्याट्री र शक्तिशाली एक्सिनो २४०० इ सिरिज चिप सेटको साथमा यो गेमिङका लागि एक उत्तम उपकरण बनेको छ ।

ग्यालेक्सी एस २४ एफईले प्रिमियम ग्यालेक्सी एआई र इकोसिस्टम कनेक्टिभिटी प्रदान गरी सञ्चार, उत्पादकता र रचनात्मकता बढाउँछ जुन सबै एक प्रतिष्ठित डिजाइनमा र शक्तिशाली सामसङ नोक्सको सुरक्षाको साथ आउँछ । ग्यालेक्सी एस २४ एफई नीलो र ग्रेफाइट रंगहरूमा उपलब्ध हुनेछ। जसको मूल्य ९४ हजार ९९९ रूपैयाँबाट सुरू हुने कम्पनीले बताएको छ ।

साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवाको साथमा यो नयाँ फोनलाई शून्य प्रतिशत ब्याज दरमा ४ हजार ७५० रूपैयाँ महिनादेखि सुरू हुने गरी सजिलो इएमआईमा प्राप्त गर्न सकिनेछ । प्रक्रिया सुरु गरेको एक घण्टा भित्रमा आफ्नो नयाँ ग्यालेक्सी एस२४ एफई लिन सकिने कम्पनीको भनाइ छ । ३ हजार रूपैयाँसम्मको विशेष बोनससहित आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि परिष्कृत ट्रेड–इन एक्सचेन्ज सुविधा पनि उपलब्ध छ ।