|  

कास्की अदालतको गेटमै रास्वपा नेताहरूको धर्ना

०४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि ल्याइनुअघि रास्वपा नेताहरूले जिल्ला अदालत कास्कीको गेटमै धर्ना दिएका छन ।

उपसभापति स्वर्णिम वाग्ले अदालतभित्र छिर्दा नेताहरू विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, डा। चन्दा कार्की, निशा डाँगीलगायत गेटमै धर्ना दिएर बसेका हुन् । धर्नाका कारण पैदयात्रु छिर्ने गेटमा आवतजावत नै प्रभावित भएको छ । सहकारी ठगीको अनुसन्धानका लागि शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालतमा पेश गरिँदै छ ।