|  

कार्तिक ६ गतेदेखि राप्रपा कर्णालीको यात्रामा निस्किँदै

०४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाले यही कार्तिक ६ गते मंगलबारदेखि कर्णालीको यात्रामा निस्किने तयारी गरेको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रका अनुसार पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित सो दलका प्रभावशाली नेताहरु कर्णाली यात्रामा निस्किने भएका हुन् । कर्णालीका कुरा सुन्न र आफ्ना कुरा भन्न राप्रपा कर्णालीको यात्रामा निस्किन लागेको छ । कर्णालीवासीसँग अध्यक्ष राजेन्द्र लिङ्देनले भलाकुसारी गर्ने बुझिएको छ । सो यात्रामा महामन्त्री कुन्ती शाही, प्रवक्ता ज्ञानेन्द्र शाहीपनि सहभागी हुने जनाईएको छ ।

राप्रपामा नेताहरुको जिम्मेवारी हेरफेरपछि यो अध्यक्ष लिङ्देनको पहिलो देश दौहाडा हो । राप्रपाभित्र अहिले विवाद चुलिएको पनि चर्चा छ । धवलशमशेर जबरालगायतका नेताहरु अध्यक्षसँग रुष्ट रहेको बुझिएको छ ।