|  

रविलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइयो

०४ कात्तिक, काठमाडौं । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

शनिवार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो । शुक्रवार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिवार बिहान पोखरा ल्याइएको थियो ।