|  

भारतसँगको पहिलो टेस्ट क्रिकेटमा न्युजिल्यान्ड विजयी

०४ कात्तिक, काठमाडौं । भारतसँगको पहिलो टेस्ट क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ ।

भारतले दिएको १ सय ७ रनको लक्ष्यमा न्युजिल्यान्ड ८ विकेटले विजयी भएको हो । यो जीतसँगै न्युजिल्यान्डले तीन खेलको शृङ्खलामा अग्रता लिएको छ । न्युजिल्यान्डले सन १९८८ पछि पहिलो पटक भारतमा टेस्ट जितेको हो । भारत र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट आउँदो बिहीवारदेखि पुनेमा र तेस्रो तथा अन्तिम टेस्ट नोभेम्बर १ देखि मुम्बईमा शुरू हुनेछ ।