|  

मनाङमा लेक लागेर १ पर्यटकको मृ#त्यु

४ कात्तिक, काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एक पर्यटकको मृत्यु भएको छ ।

ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्यान्डका नागरिकको मृत्यु भएको हो ।

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्यान्डका नागरिक राहदानी नं.एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति सकुशल सुतेका उनी बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको हो ।