|  

ओली सरकारलाई देशैभरिबाट विरोध गर्न रविको आह्वान

४ कात्तिक, काठमाडौं । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देशैभरिबाट विरोध गर्न आह्वान गरेका छन्।

आइतबार जिल्ला अदालत कास्कीमा पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले अदालतले न्याय दिनेमा विश्वास व्यक्त गरेका छन्।‘

मलाई न्याय अदालतले दिन्छ, तर यो सरकारको विरूद्ध देशैभरिबाट सबैजनालाई उत्रन आह्वान गर्छु,’ लामिछानेले भने, ‘मेरो लागि होइन, मलाई त अदालतले न्याय दिन्छ। अधिनायकवादी ओली सरकारका विरूद्ध देशैभरि देशका लागि बाहिर निस्कने बेला आउन सक्छ।’