|  

छानबिन समितिले सिफारिस गरेका व्यक्तिहरुलाई पक्राउ गरेको हो : सञ्चारमन्त्री गुरुङ

४ कात्तिक, काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमाथि शुरुवाती कारबाही शुरु भएको बताएका छन्।

आइतबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको प्रश्नको जवाफ दिँदै उनले सरकारले समितिले बुझाएको प्रतिवेदनउपर शुरुवाती कारबाही शुरु भएको बताएका हुन्।

उनले समितिको प्रतिवेदनअनुसार प्रतिवेदनले कारबाही गर भनेका व्यक्तिहरुलाई पक्राउ गरिएको बताए। उनले मन्त्रालय सम्हालेको सय दिनमा आफूले शतप्रतिशत काम सम्पन्न गरेको पनि बताए। उनले यो अवधिमा सञ्चार मन्त्रालयलाई दिइएका १५ वटा जिम्मेवारीमा पूरा काम सम्पन्न गरेको बताए।