|  

गृहमन्त्री लेखकले गरे ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही

०४ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा नागरिक एपको प्रयोगमार्फत ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई जरिवाना गराउने अभियान सुरू भएको छ ।

गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंघन रेकर्ड सिस्टम (टिभीआरएस) को ई-चलान (डिजिटल चिट) को शुभारम्भ गरेका हुन । यो सेवा सुरू भएसँगै नागरिक एप चलाउनेले आफ्नो सवारी लाइसेन्स फोनबाटै देखाए पुग्ने भएको छ । कारबाही गर्न ट्राफिक प्रहरीले नागरिक एपमा देखाइने क्युआर कोडलाई स्क्यान गरी ट्राफिक प्रहरीले डिजिटल चिट काट्न सक्नेछ ।

सिंहदरबार अगाडि लेन मिचेर ट्राफिक नियन्त्रणमा रहेका एक जना युवकलाई गृहमन्त्री रमेश लेखकले जरिवाना गराएका छन् । परीक्षण गर्नको लागि पुग्दा गृहमन्त्री लेखकले नागरिक एप स्क्यान गरी ती युवकलाई जरिवाना तिराएका हुन । चिट काटिसकेपछि भुक्तानी भएरनभएको विवरण पनि एपमै उल्लेख हुनेछ ।