|  

एमालेको सचिवालय बैठक जारी

०४ कात्तिक, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ ।

एमालेको केन्द्रीय कार्यालय च्यासलमा अहिले बैठक बसिरहेको केन्द्रीय कार्यालय सचिव डा.भीष्मराज अधिकारीले जानकारी दिए ।पछिल्लो समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बसेको बताइएको छ । यसअघि असोज ४ गते व्यवसायी मीनबहादुर गुरुङले दिएको कीर्तिपुरको १० रोपनी १४ आना जग्गा दान स्वीकार गर्ने विषयमा निर्णय गर्न अध्यक्ष केपी ओलीले बैठक बोलाएका थिए । तर बालुवाटारको सरकारी जग्गा ललिता निवास लगायत विषयमा अदालतमा मुद्दा खेपिरहेका व्यवसायी गुरुङले दिएको जग्गा दान सरकारका कार्यकारी प्रमुखले  लिने विषयले एमालेभित्रै असन्तुष्टि बढेको छ । यस विषयले एमालेभित्र मात्र नभई बाहिर समेत चर्को आलोचना भइरहेको छ ।