|  

वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्याको समाधान

०४ कात्तिक, काठमाडौं । वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान भई सेवाप्रवाह सञ्चालन भएको छ ।

गत शुक्रबारदेखि सफ्टवेयरमा समस्या आएको र आज समस्या समाधान भई सेवा प्रवाह सुरु भएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए । सफ्टवेयरमा समस्या आएपछि वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र उनीहरूका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणलगायतको काम रोकिएको थियो ।

सफ्टवेयरमा समस्या देखिएर सेवा प्रभावित भए पनि इमेल तथा भौतिक रूपमा उपस्थित भई दिएको निवेदन भने सङ्कलन निरन्तर रूपमा भइरहेको उनले बताए ।