|  

सकेट बम बिस्फोट हुँदा भूपू सैनिक घाइते

०४ कात्तिक, काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिका-४ पुरीगाउँको एक घरमा सकेट बम बिस्फोट हुँदा भूपू सैनिक घाइते भएका छन् ।

दुई वर्षअघि नेपाली सेनाबाट अवकाश पाएका ४५ वर्षका गोविन्द पुरी आफ्नै घरमा सकेट बम बिस्फोट हुँदा घाइते भएका हुन । घरको दोस्रो तलामा पुराना भाडावर्तनहरु फाल्ने क्रममा अचानक सकेट बम बिस्फोट हुँदा उनको बायाँ आँखा भन्दामुनि, बाँया खुट्टा र शरीरका केही भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीले उपचारपछि पुरीलाई पक्राउ गरेको छ । प्रहरी टोली र सिंह सार्दुल गुल्म स्याङ्जाबाट बम डिस्पोजल टोली घटनास्थलमा खटिई गई केही बिस्फोटक पदार्थ समेत बरामद गरेको छ ।