|  

जग्गादानबारे असहमति राख्ने भीम रावलसहितलाई एमालेले स्पष्टीकरण सोध्ने

४ कात्तिक, काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णयविपरीत अभिव्यक्ति दिने भीम रावल, बिन्दा पाण्डे र उषा किरण तिम्सिनालाई स्पष्टीकरण साेध्ने निर्णय गरेको छ ।

आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले पार्टी निर्णयविरुद्ध बाेलेकाे भन्दै उनीहरूलाई स्पष्टीकरण साेध्ने निर्णय गरेको महासचिव शंकर पाेखरेलले जानकारी दिए ।

 महासचिव पोखरेलले भूकम्पबाट पार्टीको कार्यालय क्षतिग्रस्त भएको अवस्थामा कुनै व्यक्तिले सहयोग गर्छु भनेमा त्यो अन्यथा नहुने बताए । यसलाई कानूनी प्रक्रियाबाट सम्वोधन गरिने पनि उनको भनाइ छ ।