|  

भलिबलका कप्तान मानबहादुरले लिए सन्न्यास

४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले सन्न्यास लिएका छन् । 

मानबहादुरले आइतबार सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै सन्न्यासको घोषणा गरेका हुन् ।

“मैले आज सन्न्यास लिने घोषणा गरेको छु । यो निर्णय लिन सहज थिएन । तर, नयाँ खेलाडीलाई मार्गप्रशस्त गर्न म यो निर्णयमा पुगेको हुँ,” भिडियोमा मानबहादुरले भनेका छन् ।

सन् २०१५ मा राष्ट्रिय टिमबाट डेब्यू गरेयता मानबहादुर नियमित सदस्य बन्दै आएका थिए । त्रिभुवन आर्मीबाट व्यावसायिक भलिबल खेल्ने मानबहादुरले २०८० देखि नेपालको कप्तानी सम्हालेका हुन् ।