|  

गौशाला धर्मशाला विवादः उच्च अदालतमा आज सुनुवाइ हुँदै

५ कात्तिक, काठमाडौं । पशुपतिको गौशाला धर्मशाला विवादबारे उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ ।

कात्तिक २ गते यो विवादमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकामा आज अन्तरिम आदेशबारे छलफलका लागि अदालतले दुबै पक्षलाई बोलाएको हो ।

काठमाडौँ महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै माडवाडी सेवा समितिका तर्फबाट पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट दायर भएको थियो ।