|  

साफ च्याम्पियनसिपः आज नेपाल र माल्दिभ्स भिड्दै

५ कात्तिक, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।यसअघि आफ्नो पहिलो खेल खेलिसकेका दुवै टोली आज दोस्रो खेल खेल्दैछन् ।

नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो भने माल्दिभ्स श्रीलंकासँग १-० गोलले पराजित भएको थियो ।सेमिफाइनल पुग्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । जारी प्रतियोगितामा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ ।