|  

आज दुई संसदीय समितिको बैठक बस्दै

५ कात्तिक, काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।

जसअनुसार  बिहान साढे ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने लागेको हो । बैठकमा दिगो एवं विपद् संवेदनशील पूर्वाधार विकासको बारेमा छलफल तथा योजनावद्ध शहरीकरण तथा बस्ती विकासको बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।