|  

तीन महिनामा १अर्ब ७१ करोड ४० लाख बढी रुपैयाँ बराबरको चिया निर्यात

५ कात्तिक, काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१र८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ ।

कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयले जनाएको छ ।

चालु आवको पहिलो तीन महिनामा एक अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ ।