|  

जाडो सुरु भएसँगै वायु प्रदूषणको समस्याः काठमाडौं विश्वकै आठौँ प्रदूषित शहर

५ कात्तिक, काठमाडौं । सोमबार बिहान राजधानी दिल्लीमा फेरि एकपटक वायुको गुणस्तर स्तर ‘अत्यन्तै खराब’ को श्रेणीमा रेकर्ड गरिएको छ ।

राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ ।यस वर्ष पनि जाडो सुरु भएसँगै दिल्लीको हावाको गुणस्तर खस्किन थालेको छ । सोमबार दिल्लीका अधिकांश ठाउँमा वायुको गुणस्तर सूचकाङ्क २५० भन्दा माथि थियो।

जुन खराब को श्रेणीमा पर्छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटका अनुसार आनन्द विहारसहित दिल्लीका केही क्षेत्रहरूमा प्रदूषण स्तर ३ सय माथि थियो, जुन धेरै खराब श्रेणीमा पर्दछ । यता, काठमाडौँको वायुको गुणस्तर पनि बिग्रँदो छ ।

बिहान ९ बजेको मापन अनुसार वायुको गुणस्तर सूचकाङ्क १४८ रहेको छ । काठमाडौँ विश्वको आठौँ प्रदूषित शहरको रूपमा रहेको छ।