|  

माओवादी अध्यक्ष दाहाल आज जुम्ला जाँदै 

५ कात्तिक, काठमाडौं ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज जुम्ला जाने भएका छन् ।

माओवादी केन्द्र जुम्ला कमिटीले सिञ्जा क्षेत्रको कनकासुन्दरीमा आयोजना गरेको जनसभालाई सम्बन्धन गर्न उनी जुम्ला जान लागेका हुन् ।

माओवादी केन्द्र जुम्ला इन्चार्ज नरेश भण्डारीका अनुसार प्रचण्ड काठमाडौँबाट नेपालगन्ज र त्यहाँबाट हेलिकप्टरमार्फत सिधै कनकासुन्दरी पुग्ने छन् । जनसभासँगै ठुलो सङ्ख्यामा अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।