|  

कुनै पार्टीले एमालेको भविष्यका बारेमा चिन्ता लिनु पर्दैनः पोखरेल

५ कात्तिक, काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन फरक पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेको भविष्य जनताले तय गर्ने भन्दै बरु आ–आफ्नै पार्टी राम्रो बनाउनतिर लाग्न सुझाव दिएका छन् । विशेषगरी व्यवसायी मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गा दानको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला उनले नेकपा एमालेलाई कस्तो बनाउने ? जनता के चाहन्छन् ?

र राष्ट्रको आवश्यकता के हो ? भन्ने बारेमा एमालेलाई राम्रो हेक्का रहेको उल्लेख गरेका हुन् । उनले लेखेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले एमालेको भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरूको कटुआलोचना गरिरहेका छन् ।

राजनीति गर्नेहरूले आआफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि  नेकपा (एमाले)लाई कस्तो बनाउने नेकपा एमालेजनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ?  र राष्ट्रको आवश्यकता के हो ?नेकपा (एमाले)लाई राम्ररी थाह छ ।’