|  

सुनको मूल्यमा लगातार नयाँ कीर्तिमान, तोलाकै १ लाख ६५ हजार ६ सय रुपैयाँ

५ कात्तिक, काठमाडौं ।  साताको कारोबारको दोस्रो दिन आज (सोमबार)सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार हिजो तोलाको १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुन आज ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी आज तोलामा २० रुपैयाँले बढेर आज चाँदी तोलाको दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।