|  

रारा पुगे माओवादी अध्यक्ष प्रचण्ड

५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुम्ला पुगेका छन् ।

त्यहाँ हुने पार्टीको जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम छ । सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यसअघि अध्यक्ष प्रचण्डले मुगु रारा क्षेत्रको पनि अवलोकन गरेका छन् ।