|  

बाजुरामा अरिङ्गालको टोकाइबाट २ जनाको मृत्यु

०५ कात्तिक, काठमाडौं । बाजुराको बडीमालिका नगरपालिका-५ मा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम ज्यान गएको छ ।

असोज २५ गते अरिङ्गालले टोकेर घाइते ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो । भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको बताइएको छ ।

असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरीमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ(छानो) नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उनलाई भारत लगिएको थियो । सोही घटनामा स्थानीय  ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो ।