|  

ब्राजिलका राष्ट्रपतिको रुस भ्रमण रद्द

०५ कात्तिक, काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले रुस भ्रमण रद्द गरेका छन् ।

टाउकोमा लागेको चोटका कारण उनले रुस भ्रमण रद्द गरेका हुन् । उनी रुसमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तयारीमा थिए । ब्राजिलका राष्ट्रपति घरमै एक दुर्घटनामा घाइते भएका छन् । उनको टाउकोमा पाँच वटा टाँका लगाएर घर पठाइएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

‘ब्रिक्स’ पाँच विकासशील देशको एक समूह हो जसमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका समावेश छन् । १६ औं ब्रिक्स सम्मेलन रुसको अध्यक्षतामा भोलिदेखि कजान शहरमा आयोजना हुँदैछ । सम्मेलन आउँदो बिहीवार सकिनेछ ।