|  

‘१२ गाउँ’को सिक्वेल निर्माण हुने

५ कात्तिक, काठमाडौं ।  चलचित्र ‘१२ गाउँ’को सिक्वेल बन्ने भएको छ । ‘१२ गाउँ’ राम्रोसँग चलेपछि निर्माणपक्षले यसको सिक्वेल बनाउने तयारी गरेको हो ।

एक सातामा १० करोडभन्दा माथि ग्रसकलेक्सन गरेको चलचित्र अहिले पनि सतप्रतिशत अकुपेन्सीमा चलिरहेको छ ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार भइरहेको चलचित्र ‘बलिदान’को मुख्य भूमिकामा समीर भट्ट छन् ।

जो ‘१२ गाउँ’को हिरो हुन् । ‘१२ गाउँ’ बिराज भट्टले निर्देशन गरेको चलचित्र हो । जसमा बिराज र समीर मुख्य भूमिकामा छन् ।