|  

स्पेसएक्सले एकै पटक अन्तरिक्षमा पठायो २० इन्टरनेट स्याटेलाइट

५ कात्तिक, काठमाडौं । स्पेसएक्सले एकै पटक २० ओटा इन्टरनेट स्याटेलाइट प्रक्षेपण गरेको छ ।

आइतबार बिहान (अक्टोबर २०)मा उसले अर्को कम्पनी यूटेलस्याटका लागि इन्टरनेट उपग्रहहरूको सेट अन्तरिक्षमा पठाएको हो । स्पेसएक्सले क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट फाल्कन ९ रकेटको माध्यमबाट यूटेलस्याट वनवेबकोको अन्तिम भी१ उपग्रहहरू बिहान १ः१३ र ईडीटी बिहान ५ः१३ जीएमटीमा प्रक्षेपण गरेको थियो ।

प्रक्षेपणपछि फाल्कन ९ पहिलो चरण योजना अनुसार पृथ्वीमा फर्कियो र उडान गरेको लगभग आठ मिनेटपछि भ्याण्डेनबर्गको ल्याण्डिङ जोन ४ मा सुरक्षित रूपमा अवतरण गर्‍यो।