|  

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषदको आकस्मिक बैठक

०५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

बैठक आज साँझ सवा ५ बजे सिंहदरबारमा बस्नेछ । शुक्रबार साँझ पार्टी कार्यालयबाट सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेसँगै सिंगो राजनीति तरंगित बनेको छ । देशको राजनीति यतिबेला रवि लामिछानेको पक्ष र विपक्षी दुई धारमा छ । आजको बैठकमा यो विषयमा छलफल हुने अनुमान गर्न सकिन्छ । किनभने आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएको थियो । आफ्नो पार्टीको सचिवालय बैठक जारी रहेकै बेला देउवासँग भेट गर्न प्रधानमन्त्री ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनीहरुबीच भएको भेटपछि मात्रै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।