|  

दीपक मनाङेले छोडेको मन्त्रालय कांग्रेसका भेषबहादुर पौडेलले सम्हाल्ने 

०५ कात्तिक, काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पौडेलले मन्त्रीपरिषद्लाई पूर्णता दिने भएका छन् ।

राजिव गुरुङ (दीपक मनाङे)ले अस्वीकार गरेको वन तथा वातावरण मन्त्रालयमा नेपाली कांग्रेसबाट निर्वाचित लमजुङका भेषबहादुर पौडेललाई नियुक्त गरेर पूर्णता दिन लागेका हुन । उनी लमजुङ प्रदेश सभा (ख)बाट निर्वाचित भएका थिए । पौडेल नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति हुन । उनी शेखर कोइराला समूहका सांसद हुन ।