|  

म्यानमारमा डुङ्गा डुब्दा ११ को मृत्यु, १९ बेपत्ता

०५ कात्तिक, काठमाडौं । म्यानमारको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुबेको छ ।

उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले एघार वटा शव पानीबाट बाहिर निकालेका छन् भने बाँकी बेपत्ता रहेका छन् । उनीहरुको खोजी भइरहेको छ । डुङ्गामा अधिकांश विद्यार्थीहरू थिए उनीहरु दुई हप्ताको बिदापछि गाउँबाट म्येइक सहर फर्किरहेका थिए ।

डुङ्गा अत्यधिक भारमा कारण डुबेको जनाइएको छ । म्यानमारमा समुद्र तट र नदीहरूमा डुङ्गालाई आवतजावतका लागि यातायातको साधनको रूपमा प्रयोग गर्ने गरिन्छ । डुङ्गा दुर्घटनाका कारण म्यानमारमा असामहिक मृत्यु हुने जोखिम पछिल्लो समय बढेको देखिन्छ । समुद्रमा हुने यस्ता दुर्घटनामा पर्नेहरूको विरलै रूपमा सकुशल उद्धार हुने गरेको छ ।