|  

चीनमा सुनमायाले जितिन् ट्रेल रेसको उपाधि

५ कात्तिक, काठमाडौं । नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा भएको अल्ट्रा ट्रेल रेसमा उपाधि जितेकी छन् ।

शनिबार भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समय निकाल्नै जितेकी हुन् । सुनमायाले ५ घण्टा ४०ः०३ मिनेटमा निर्धारित ६० किलोमिटर दूरी पूरा गरिन् ।

दोस्रो भएकी इस्टर सिलाङले ६ घण्टा ५ः३७ मिनेटमा निर्धारित दूरी पूरा गरिन् । रुक्षफाङ चोउ तेस्रो भइन् ।