|  

छानबिनका लागि रविलाई पक्राउ गर्नु स्वाभाविकः प्रचण्ड

५ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वाभाविक भएको बताएका छन् ।

सोमबार बिहान नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रतिवेदनले सिफारिस गरेका अन्य दोषी भनिएकाहरुलाई पनि छानबिनका लागि सरकारले पक्राउ गर्नुपर्ने उनको भनाइ छ ।

उनले लामिछानेको बारेमा अदालतले निर्णय गर्ने र लामिछाने स्वयंले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यसलाई सहज रुपमा लिनुपर्ने  बताए ।