|  

नवनियुक्त वनमन्त्री पौडलले आजै सपथ लिँदै

०५ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रीमा नेपाली कांग्रेसका भेषबहादुर पौडेल नियुक्त भएका छन ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङका पौडेललाई मन्त्री नियुक्त गरेका हुन । वरियतामा असन्तुष्ट जनाउँदै दीपक मनाङेले राजीनामा दिएपछि उक्त मन्त्रालय खाली थियो । आज अपरान्ह साढे ४ बजे शपथको तयारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।