|  

पुल बनेसँगै सिन्धुली-रामेछापकाे यातायात सेवा जोडियो

०५ कात्तिक, काठमाडौं । सिन्धुली-रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज हाल्ने काम सम्पन्न भएको छ ।

गत असोज १२ गतेको बाढीले पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज हालेको हो । बिहान बेलिब्रिजको काम सकेको र अब भारवहन क्षमता जाँच गरेर एकरदुई दिनभित्रै गाडी चलाउन खुल्ला गर्ने सेनाले जनाएको छ । पैदल यात्रुहरु भने पुलबाटै वारपार गर्न थालेका छन् । रामेछापतर्फको पिल्लरको जगमा सडक डिभिजनले रिटेनिङ वाल र तारजाली भर्ने केही काम बाँकी रहेको छ । त्यो काम पनि चाँडै सकिने सडक विभागले जनाएको छ ।

सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली नगरपालिका-६ को बेतिनी जोड्ने सुनकोशी नदीको १ सय मिटर लामो पुलको रामेछापतर्फको ५१ मिटर असोज १२ गते बाढीले बगाएको हो । पुल बनेसँगै सिन्धुली र खुर्कोटको यातायात सेवा जोडिएको छ । रामेछापसहित सोलुखुम्बु र ओखलढुङ्गाको केही क्षेत्रका बासिन्दालाई काठमाण्डौ तथा तराईका जिल्लामा आवातजावात गर्न प्रयोग हुँदै आएको खुर्कोटको पुल बगाएपछि घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।