|  

रवि लामिछानेको बयान सुरु

०५ कात्तिक, काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।

शुक्रबारबाट कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको बयान प्रहरी अधिकृत र सरकार वकिलले लिन सुरु गरेका हुन । सर्वसाधारण निक्षेपकर्ताले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम अपचलन प्रकरणमा रास्वपा सभापति लामिछाने गत शुक्रबार वनस्थलीस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए । मुद्दा कास्कीको भएकाले थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । आइतबार उनलाई हिरासतमै राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालत कास्कीबाट प्रहरीले ६ दिनको म्याद लिएको छ ।

लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रास्वपा भने विरोधमा उत्रिएको छ । रास्वपाले शनिबारबाट काठमाडौं, पोखरा र चितवनमा प्रदर्शन गरिरहेको छ ।