|  

छविलाल जोशीलाई बयानका लागि रुपन्देही पठाइयो

०५ कात्तिक, काठमाडौं । पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही लगेको छ ।

सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई आज बिहान जहाजमार्फत रुपन्देही लगिएको हो । त्यहाँपनि उनीविरुद्ध सहकारी ठगीबारे बयान गराइने छ ।  जोशी गत असोज ६ गते पक्राउ परेका थिए । उनी गोरखा नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार समेत हुन । उनको त्यहाँ बयान पूरा भएपनि कात्तिक ७ गते पोखरा फर्काइनेछ ।