|  

एमालेको ७५ प्रतिशत पार्टी निर्माणमा मेरो योगदान छः वामदेव गौतम

०५ कात्तिक, काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (एमाले)को ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका छन् ।

आज राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक, मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले एमालेको ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गरेका हुन । उनले आफ्नो बुद्धि कमजोर भएका कारण अहिले एमाले बाहिर बस्नुपरेको पनि बताए । उनले विगतमा चितवनस्थित नारायणघाटमा पहिरो गएपछि दुई महिनासम्म काठमाडौँ जोड्ने स्थलमार्ग बन्द गर्न आफूले आग्रह गरेको भए पनि सरकारले नसुनेका कारण पछिल्लो विपद्मा क्षति भोग्नुपरेको बताए । उनले आफूले अध्ययन गरेर पुनः विपद् आउँदै छ भनेर राष्ट्रिय सभा बैठकमै सरकारलाई सजग गराएको भए पनि कुरा नसुनिएको बताए । उनले प्रधानमन्त्रीलाई नेपालको भौगर्भिक अवस्थाको अध्ययन गर्न आग्रह गरे ।